काठमाडौं । आर्थिक वर्ष २०८२–८३ को मङ्सिर महिनासम्म ४ खर्ब ९ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको छ ।
मङ्सिर मसान्तसम्म पाँच महिनामा पाँच खर्ब २० अर्ब ४४ करोडको लक्ष्य रहेकोमा ७८.७४ प्रतिशत सङ्कलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै मङ्सिर महिनाको लक्ष्य ९५ अर्ब २० करोड रहेकोमा ८० अर्ब २७ करोड राजस्व सङ्कलन भएको छ, जुन ८४.३१ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा मङ्सिर महिनामा ७६ अर्ब ७६ करोड राजस्व सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०८२–८३ को कुल राजस्व सङ्कलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड सङ्कलन भएको छ ।
यस अघि २०८१/८२ आर्थिक बर्षको पाँच महिनामा ४ खर्ब ५ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको थियो ।

FACEBOOK COMMENTS