काठमाडौं । आज संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन हुदैछ ।
बिहीबार भएको मनोनयन दर्तामा कांग्रेस सांसद रामहरी खतिवडाको मात्र मनोनयन दर्ता भएकाले उनी निर्बिरोध निर्वाचित हुने भएका छन् ।
खतिवडाको प्रस्तावकमा काँग्रेस सांसद श्याम घिमिरे रहेका छन् भने समर्थकमा एमाले सांसद महेश कुमार बर्तौला रहेका छन् । शुक्रबार दिनको ५ः१५ बजेका लागि बोलाइएको समितिको बैठकले खतिवडा सभापतिमा निर्वचित भएको औपचारिक निर्णय गर्नेछ ।
यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।
यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।
FACEBOOK COMMENTS