काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० काे तेस्राे महिना(असाेज) मा नेपालमा भित्रने रेमिट्यान्स १६.८ प्रतिशतले बढेकाे छ । गत वर्षकाे असाेजकाे तुलनामा चालु आवकाे असाेजमा नेपाल भित्रने रेमिट्यान्स १६.८ प्रतिशतले बढेर २८१ अर्ब ५ करोड रूपैयाँ पुगेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ७.१ प्रतिशतले घटेको थियो ।
यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १,४७,९३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने
नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७,८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई रु.३१० अर्ब ४३ करोड प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।
FACEBOOK COMMENTS