बैतडी । बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
ती किशोरीलाई बलात्कार गरेको अभियोगमा जिल्लाको पाटन नगरपालिका–३ गुजौड बस्ने २१ वर्षीय राजेश लुहारलाई हिजो शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लुहारले ती किशोरीलाई मंसिर १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS