रास्वपाको प्रथम महाधिवेशन कार्यतालिका सार्वजनिक
कर्पोरट खबर
9:27 pm, आइतबार, जेठ १०, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा असार ७, ८ र ९ गते हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका स्वीकृत गरेको छ।
- कार्यतालिकाअनुसार जेठ १५ गतेसम्म जिल्ला तथा प्रदेश निर्वाचन समिति गठन र असार ५ गतेसम्म प्रदेश अधिवेशनका पदाधिकारी विवरण पेस गरिनेछ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ ।
स्वीकृत कार्यतालिकाअनुसार जेठ १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ । यस्तै यही जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन तथा जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस हुनेछन् ।
यस्तै जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेस गर्ने, आगामी असार ५ गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेस र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिनुभयो । रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ ।