काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य उमाशङ्कर अरगरियाले पार्टी छोडेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका हुन् ।
पटक–पटक पार्टीको अधिकारिक उम्मेदवारलाई हराउनेहरू दण्डित हुनुपर्नेमा पुरस्कृत गर्ने परम्परा भएको भन्दै असन्तुष्टि देखाउँदै राजीनामा दिएको जनाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्-
कमरेड अध्यक्षज्यू नेकपा (एमाले)
बिषय : राजीनामा गरीएको सम्बन्धमा ।
कमरेड अध्यक्षज्यू,
उपरोक सम्बन्धमा नेकपा (एमाले) मा प्रवेश गरेको निकै बर्ष हुन लाग्दा पनि आज सम्म हामी सगँ आएका साथीहरुको समायोजन हुन सकेको छैन र आजसम्म म सङ आएका साथीहरु कमिटि बिहिन छ । सगंठन सुद्धीकरण हुनु पर्नेमा पार्टी भित्र पटक पटक पार्टीको अधिकारीक उम्मेदवारलाई हराउनेहरु यो पार्टीमा दण्डीत गर्नुको सट्टा उल्टै पुरुषकृत गर्ने परम्परा देखेको छु । पटक पटक जिल्लाको नेतृत्व बाट अपमानित हुने, लगनशिल तथा ईमान्दार कार्यकर्ताहरु अपहेलित हुने र पार्टी बिरुद्द लाग्नेहरु नै सम्मानित हुने प्रबृत्तिले आजित भएको छु । यि सबै कुराहरु पटक पटक केन्द्रमा जानकारी गराउदा पनि कुनै किसिमको पहल नहुदा आज बाट म यो पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको छु । उमाशंकर अरगरिया