काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योगले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको २ करोड रुपैयाँ सम्मको कर्जालाई पुनरतालिकीकरण गरेको छ ।
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गरेर यस्तो व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको २ करोड रुपैयाँ सम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग– व्यवसायको नगद
प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूल उपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिनेछ ।
कर्जा पुनरतालिकीकरण / वा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्ने, कर्जाको पुनरतालिकीकरण / वा पुनरसंरचना गर्दा २०७९ पुष मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्ने , पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जाहरुलाई असल वर्गमा वर्गीकरण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने छ ।
FACEBOOK COMMENTS