काठमाडौं । राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ।
राष्ट्र बैंकले यस कदमलाई अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले उठाएको जनाएको छ। यो प्रक्रिया फागुन ११ गते दिउँसो ३ बजे शुरु हुने बताइएको छ।
निक्षेप संकलन उपकरणको प्रयोग गर्दै केन्द्रीय बैंकले उक्त रकम तान्न लागेको हो। यसमा बैंक र वित्तीय संस्थाहरूले भाग लिनेछन्। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल प्रक्रियामा ब्याज दर तय गर्नुपर्नेछ, र यसका साथै बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
निक्षेप संकलन उपकरणको यस बोलीमा ‘क’,‘ख’ र‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
यसका अनुसार, २१ दिने निक्षेप संकलन उपकरणको चैत ३ गते साँवा र ब्याज भुक्तानी गरिनेछ।
यसअघि, फागुन ४ र ६ गते फागुन लागेपछि केन्द्रीय बैंकले यो तेस्रो पटक तरलता खिच्ने भएको हो । यसअघि फागुन ४ गते र ६ गते ४०/४० अर्ब रुपैयाँ तरलता खिचेको थियो । यसले बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएको र केन्द्रीय बैंकले त्यसलाई व्यवस्थापन गर्नका लागि समय ,समयमा यस्तो कदम उठाइरहेको जनाउँछ। राष्ट्र बैंकका अनुसार, यस प्रकारका कदमले बजारमा ब्याज दरको स्थिरता र अर्थतन्त्रमा तरलता व्यवस्थापन गर्न मद्दत पुग्छ।
बैंकको यो निर्णय वित्तीय क्षेत्रका लागि महत्त्वपूर्ण मानिन्छ, जसले नेपालको आर्थिक स्थिरता र तरलता व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दछ।
FACEBOOK COMMENTS