काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज चैत २५ गते फेरि बैंकिङ्ग प्रणालीबाट ३५अर्ब तान्ने भएको छ।
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको हो ।
आज २३ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
साँवा र ब्याज भुक्तानी मिति वैशाख १७ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
यसअघि चैत ३ गते ३० अर्ब , ६ गते २५ अर्ब , १० गते २० अर्ब , चैत १३ गते ३० अर्ब , १७ गते २५ अर्ब र चैत २० गते ३० अर्ब तरलता खिचेको थियो
FACEBOOK COMMENTS