काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए । त्यक्रममा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई २१ तोपको सलामी पनि अर्पण गरेको छ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।
पौडेल फागुन २५ गते नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पाैडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनको कार्यकाल ५ वर्षको हुनेछ। राष्ट्रपति भण्डारीको कार्यकाल आइतबार सकिएको छ।
FACEBOOK COMMENTS