काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ ।
सोमबार साँझ संसद भवनमा बसेको राप्रपाको संसदीय दलको बैठकले वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा पनि राप्रपाले समर्थन गरेको थियो ।
राष्ट्रिय स्वाधिनताको रक्षा, दिगो शान्ति, राजनीतिक स्थिरता, विकास र समृद्धिको जनचाहना पूरा गर्न सरकारलाई समर्थन गरिएको राप्रपाले जनाएको छ ।
FACEBOOK COMMENTS