काठमाडौं । सहकारी संस्थाको बचत रकम अपचलनमा आफ्ना सभापति रवि लामिछाने पक्राउ पर्ने सम्भावनापछि चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली भ्रमण अवधि पूरा नगरी स्वदेश फर्किएको छ ।
दस दिने भ्रमणका लागि भन्दै उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार चीन गएको टोली भ्रमण छोट्याएर बिहीबार स्वदेश फकिर्एको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीको निम्तो स्विकारेर उपसभापति वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहित १४ जनाको टोली शनिबार चीन गएको थियो ।
FACEBOOK COMMENTS