काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख अन्तिम साताका लागि निर्धारित पहिलो महाधिवेशन सार्ने तयारी गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहकारीको बचत अपचलन र सङ्गठित अपराधको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएसँगै वैशाख २५ देखि २७ सम्म चितवनमा हुने भनिएको महाधिवेशन सार्न लागिएको हो ।
महाधिवेशनबारे औपचारिक निर्णय गर्न आज बिहीबार रास्वपाले केन्द्रीय समिति बैठक डाकेको छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकले यसबारे निर्णय गर्ने पार्टीका नेताहरूले बताएका छन् ।
यसका साथै, आजको बैठकमा अघिल्लो बैठकका निर्णयसहितको पार्टी गतिविधिमा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने जनाइएको छ ।
FACEBOOK COMMENTS