काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट आज हेर्दा हेर्दैमा सकिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा भएको सुनवाई आज नटुङगिएका कारण हेर्दाहेर्दामा परेको हो ।
मङ्गलबार पुन: यो मुद्दाको सुनवाई यही इजलासमा हुनेछ । महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो ’टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।
महान्यायाधिवक्ता भण्डारीले दिएको निर्देशन अनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका कारण सुनुवाइ हुन सकेको छैन ।
महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने लामिछानेसहितको अभियोग पत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन्।
न्यायाधीश शर्मा र मुसलमानको इजलासमा रविको मुद्दामाथि सुनुवाइ हुँदै

FACEBOOK COMMENTS