काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रियसभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । लामिछानेलाई भेट्न ठाकुर मंगलबार बिहान उनको निवास बूढानीलकण्ठ पुगेका हुन् ।
भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।
“पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत,” सचिवालयले भनेको छ । ठाकुर जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक समेत हुन् । हाल रास्वपा देशको सबैभन्दा ठूलो पार्टी हो ।
FACEBOOK COMMENTS