काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले मंसिर १० गतेदेखि २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँको १ करोड १० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।
कम्पनीले कात्तिक ३ गते बुक क्लोज गरेको छ ।
कात्तिक २ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलका साथै घलेम्दी हाइड्रोपावरको कार्यलयबाट, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखाबाट आवेदन दिन सकिन्छ । यस्तै सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS