काठमाडौं । आजसम्म कायम रहेका सेयरधनीले रिडी पावर कम्पनीले निष्कासन गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । त्यसका लागि माघ २२ गते बुक क्लोज गरेको छ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न लागेको छ । प्रतिकित्ता सय रुपैयाँका दरले ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँको सेयर निष्कासन गर्न लागेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन पछि २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ चुक्ता पुँजी पुग्नेछन ।
FACEBOOK COMMENTS