काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।
मंसिर २७ गतेदेखि निष्कासन हुने हकप्रदमा पुस १९ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयर निष्कासन गर्न पाउनेछन् ।
यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ
FACEBOOK COMMENTS