काठमाडौं । नेकपा माओवादीका नेता एवम् तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको आरोप लगाए मुद्दा हालेकी स्वास्थ्यकर्मी रोशनी शाही आफ्नै कोठामा मृत फेला परेकी छिन् ।
उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–२ वृहस्पतिमार्गस्थित डेरामा मृत फेला परेकी हुन् । श्रीमान् घरबाहिर भएको बेला उनले आत्महत्या गरेको बताइएको छ ।
संसद सचिवालयमा कार्यरत रोशनीले २०७६ असोज १२ गते साँझको समयमा तत्कालीन सभामुख कृष्णबहादुर महरा तीनकुनेस्थित उनको डेरामै जबरजस्ती करणी गर्न खोजेको आरोप लगाएकी थिइन् ।
उक्त मुद्दामा महरालाई काठमाडौं जिल्ला अदालतले २०७६ फागुन ५ गते प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो ।
FACEBOOK COMMENTS