काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापनाको मागसहित बिजुलीबजारमा सुरू गरेको आन्दोलनमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध चर्को नाराबाजी भइरहेको छ ।
खासगरी चैत १५ गचे तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेताहरूलाई रिहाई गर्नुपर्ने उद्देश्यसहित उनीहरूले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध चर्को र उत्तेजित नाराबाजी गरिरहेका हुन् ।
राजसंस्था फर्काउने मुख्य उद्देश्य रहेको आन्दोलनमा वर्तमान सरकारले राजीनामा दिनुपर्ने, प्रहरीको दमन रोकिनुपर्ने, आफ्ना नेताहरूलाई रिहाइ गर्नुपर्ने र राजाका लागि नारायणहिटी राजदरबार खाली गर्नुपर्ने नारा आन्दोलनकारीहरूले लगाइरहेका छन् ।
उनीहरूले ‘नालयक सरकार राजीनामा दे !’, ‘प्रहरी दमन बन्द गर !’, ‘हाम्रो नेता रिहाइ गर !’, ‘राजा आउ देश बचाउ !’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ !’, ‘भ्रष्टाचारी सरकार मुर्दावाद !’, ‘केपी चोर देश छोड् !’, ‘गृहमन्त्री मुर्दावाद !’, ‘गृहमन्त्री राजीनामा दे !’ र ‘नारायणहिटी खाली गर !’ जस्ता दर्जनौँ नारा लगाइरहेका छन् ।
के छ राजेन्द्र लिङ्देनको धारणा ? तलको समाचार पढ्नुहोस्–
राजेन्द्र लिङ्देनले सरकारलाई भने– जिम्मेवार राजनीतिक पार्टीले लुकेर केही गर्दैन, डराउन पर्दैन
FACEBOOK COMMENTS