काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ बीच पार्टी सभापति र भावी प्रधानमन्त्रीको सहमति भए पनि दोस्रो वरीयताको नेता टुङ्गो लगाइएको छैन ।
अहिले रास्वपाको दोस्रो वरीयतामा डोल प्रसाद (डीपी) अर्याल छन् र तेस्रो वरीयतामा डा. स्वर्णिम वाग्ले छन् ।
बालेनसँग आज बिहान भएको सात बुँदे सहमतिमा रास्वपामा उनको वरीयताबारे उल्लेख छैन । स्रोतका अनुसार बालेनलाई दोस्रो वरीयतामा राख्ने भद्र सहमति भएको छ ।
पार्टीको भावी संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार समेत भएकाले उनलाई दोस्रो वरीयतामा राख्ने सहमति छ । त्यसो हुँदा रवि जेल जाँदा पटक–पटक कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेका डीपी अर्याल तेस्रो र डा. स्वर्णिम वाग्ले चौथो वरीयतामा झर्ने छन् ।
त्यति मात्र होइन, सर्वोच्च अदालतमा विचाराधीन रहेको सहकारी ठगी प्रकरणको मुद्दामा रविको प्रतिकुल फैसला आइ सभापति लामिछाने पुन: जेल जानुपर्ने अवस्थामा बालेन नै कार्यवाहक हुने स्थिति सृजना भएको छ । यसले रास्वपाको वरीयता विभाजनमा समस्या उत्पन्न हुने विश्लेषकहरू बताउँछन् ।

एमालेमा अध्यक्ष ओलीपछिको वरीयतामा को आए ?

FACEBOOK COMMENTS