काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ र डा. तोसिमा कार्कीले सांसदबाट राजीनामा दिएका छन् ।
रास्वपाका सांसद सुमना र तोसिमाले राजीनामाको घोषणा गरेका हुन् ।
पार्टीबाट सामुहिक राजीनामाको तयारी भइरहे पनि उनीहरूले छुट्टाछुट्टै राजीनामा घोषणा गरिरहेका छन् । यसअघि रास्पवाका सांसद असिम शाहले पनि राजीनामाको घोषणा गरेका थिए ।
सुमनाले भनेकी छिन्–
सांसदको काम भनेको सरकारलाई जवाफदेहि बनाउने हो । तर सरकारले जवाफदेहिताको सिमाना पार गरिसक्यो । यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेश सम्हाल्ने काममा सिमित भएको संसदमा सदस्य भएर बस्न नैतिकताले दिएको छैन । यसैले सांसद पदबाट राजिनामा दिदैछु ।
साथै, जेनजीहरूले सर्वदलिय जस्ता भ्रममा नपरि आफ्नो नेतृत्व दाबी गर्नुहोस् । यहि दलहरूसँगै बसेर देशले निकास पाउँदैन ।
त्यस्तै डा. तोसिमा कार्कीले पनि राजीनामाको घोषणा गर्दै भनेकी छिन्–
म आधिकारीक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११:५५ बजे देखिनै यो अपराधि र संवेदनाहिन सरकारको कटपुतली बनेको संसदको जिम्मेवरीबाट हट्ने र २०७९को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु ।
FACEBOOK COMMENTS