काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले तीनवटा निर्णय गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ ।
यस्तै स्टार्टअप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी तथा र्यापिड एक्सन टीम आरएटीेको केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा आशिष मकवानपुर र उपप्रमुखमा सशस्त्रका पूर्वडीआईजी विदुर खड्कालाई मनोनयन गरेको छ ।