गाजा । गाजा शहरको पूर्वमा रहेको तुफाहमा मङ्गलबार भएको इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको जनाइएको छ ।
हमलाबाट सेनाले उत्तरी गाजापट्टीको जबालिया शिविरको पश्चिममा आवासीय भवनहरूसमेत क्षतिग्रस्त बनाएको चिकित्सा स्रोतहरूले बताएका छन् ।
हमलामा खान युनिसको पूर्वमा रहेका घरहरूमा सेनाले बम प्रहार गरेपछि धेरै प्यालेस्टिनीहरू घाइते भएको स्रोतहरूले रिपोर्ट गरेका छन् ।
गत अक्टोबरदेखि गाजापट्टीमा सुरू भएको इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म ४३ हजार ३७४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ भने एक लाख दुई हजार २६१ जना घाइते भएका छन् ।
हजारौं पीडितहरू भग्नावशेषमुनि बेपत्ता छन् भने कयौँ पहुँचविहीन सडकमा छरिएका छन् ।
FACEBOOK COMMENTS