काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले अधिकृत र सहायक अधिकृत (आन्तरिक लेखा परीक्षण विभाग र कर्जा असुली विभाग) पदका लागि केही, सुपरभाइज र रवरिष्ठ सहायक र सहायक पदका लागि केही र व्यवस्थापन प्रशिक्षार्थी र सहायक प्रशिक्षार्थी पदका लागि केही कर्मचारी माग गरेको छ ।
कम्पनीका अनुसार उमेरहदमा सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ ननाघेको र अधिकृत तहमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको तर महिला आवेदकको हकमा ५ वर्ष थप हुने जनाइएको छ ।
एसएलसी वा एसइइ पास गरेकाले पनि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
इच्छुक तथा अनुभवी आवेदकले सूचना प्रकाशित भएको १५ दिन भित्र कम्पनीको वेबसाइटमा आवेदन गर्न आह्वान गरिएको छ ।
FACEBOOK COMMENTS