काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले आगामी साधारणसभाका लागि वैशाख १७ गते बुक क्लोज गर्ने छ । आज कार्यालय समयसम्म कामय रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने सभामा माग लिन पाउनेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश दिने जनाएको छ । लाभांश पारित गर्न यसले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS