काठमाडौं । नेपालको पहिलो ‘न्यूज च्यानल’ सगरमाथा टेलिभिजनका अध्यक्ष तथा नेपाल मिडिया सोसाइटीका उपाध्यक्ष निर्मल गुरुङलाई कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
…त्यसपछि उद्योगी–व्यवसायीहरू अर्थमन्त्री महतसँग रिसाए
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘बेष्ट ब्रोडकास्टिङ मिडिया’का रूपमा ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्रदान गरेको हो ।
अवार्ड वितरण समारोहका प्रमुख अतिथि विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाह, उपाध्यक्ष, सुष्मा महरा र कर्पोरेट मिडियाकी बिजनेश डिरेक्टर संगीता खत्रीलगायतले संयुक्त रूपमा उनलाई अवार्ड प्रदान गरे ।
कर्पोरेट बिजनेश अवार्डको यो संस्करणमा चार जनालाई ‘कर्पोरेट बिजनेश लिडरशीप अवार्ड’ र विभिन्न क्षेत्रलाई समेटेर प्रतिनिधिमूलक ढङ्गबाट २५ जनालाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ ।
को हुन् गुरुङ ?

वि.सं. २०१३ साल जेठमा कास्कीको घान्द्रुकमा जन्मिएका निर्मल गुरुङ अहिले नेपालको पहिलो ‘न्यूज च्यानल’ सगरमाथा टेलिभिजनका अध्यक्ष तथा नेपाल मिडिया सोसाइटीका उपाध्यक्ष छन् । व्यापार व्यवसाय र समाजसेवामा क्रियाशील रहेएका गुरुङ वैदेशिक रोजगार व्यवसायी पनि हुन् । गल्फ ओभरसिज, अलकरिम ओभरसिज कन्सल्टेन्ट र गल्फ अलकरिम ट्रेनिङ इन्स्टिच्युटको अध्यक्ष रहेका उनी वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पूर्वध्यक्ष पनि हुन् । उनले सो संघको दुई पटक नेतृत्व गरेका छन् ।



तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयको सल्लाहकार रहिसकेका उनले विभिन्न विद्यालयहरूको निर्माणमा सक्रिय सहयोग पुर्याउनाका साथै धेरै व्यावसायिक र सामाजिक संघ–संस्थाहरूलाई सफल नेतृत्व प्रदान गरिसकेका छन् ।
स्वदेशमा रोजगारी नहुँदा र आन्तरिक युद्धले आक्रान्त पारिरहेको अवस्थामा उहाँले हजारौँ नेपाली युवायुवतीलाई वैदेशिक रोजगारीको अवसर दिलाउन उनी सफल भएका छन् । समाजमा रहेर उनले गरेका सकारात्मक र प्रेरणादायी कार्यको कदर गर्दै श्रम मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष किके फुकुसिमालगायतबाट विभिन्न सम्मान र प्रसंशा प्राप्त गरेका छन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट गोरखा दक्षिणवाहु (चौथो) पदक पाएका गुरुङ आफ्नो अनेक सफलताको श्रेय आफ्ना बुबा र आमालाई दिन चाहान्छन् ।
‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ सम्पन्न, विभिन्न उद्योगी–व्यवसायीलाई गरियो सम्मान (भिडिओसहित)