काठमाडौं । समृद्धि फाइनान्सले बुधबार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पुतलीसडक कार्यालयद्वारा एकदिने निःशुल्क आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । ‘बेटर भिजन फर बेटर यू’ भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रम पुतलीसडकको शंकरदेव क्याम्पसअगाडि ट्याक्सी स्ट्याण्डमा सम्पन्न भएको हो ।
काठमाडौं महानगरपालिका वडा नं. २८ को सहकार्य र नेपाल आखाँ अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा विशेषज्ञ डाक्टरले सेवा प्रदान गरेका थिए । सो कार्यक्रममा आँखा परीक्षणमा ३८१ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिनुका साथै १०० जनालाई निःशुल्क चस्मा र आवश्यकताअनुसार औषधि वितरण भएको जानकारी फाइनान्सले गराएको छ । जसमध्ये १४ जनाको मोतियविन्दु पहिचान गरिएको छ । फाइनान्सका अनुसनार मोतियविन्दु पहिचान भएका सेवाग्राहीको निःशुल्क शल्यक्रिया हुनेछ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS