काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लि ले मिति सुबिशु केबल नेटसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रअनुसार फाइनान्सका सम्पूर्ण ग्राहकले सुबिसुको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । ग्राहकले तीन सय एमबिपिएस ब्यान्डविथ इन्टरनेट जडानमा १५ प्रतिशत, दुई सय र ८० एमबिपिएस जडान गर्दा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ।
यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ। छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS