काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेटको ऐतिहासिक पहिलो सिजन पूर्ण जोसका साथ सुरू भएसँगै धेरै नेपाली क्रिकेट फ्यानहरूले आफ्नो मन पर्ने टोलीहरूको समर्थनमा स्टेडियममा चिएर गरिरहेका छन् भने धेरैले आफ्नो घरबाटै लाइभ हेरिरहेका छन्।
अब, घरमै हेरिरहेका दर्शकहरूका लागि अझ ठूलो स्क्रिनमा खेलको मनोरञ्जन लिन सामसङ नेपालले आफ्नो नवीनतम टिभीहरूमा ३१% सम्मको आकर्षक छुट अफर ल्याएको छ। यस अफरमा क्यूएलईडी टीभी, क्रिस्टल यूएचडी फोरके टीभीहरू र एफएचडी टीभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ।
ग्राहकहरूलाई १२ महिनाको अवधिमा शून्य प्रतिशत ब्याजदरमा आफ्नो मन पर्ने टीभीहरू सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा-फाइनान्स सेवा समावेश छ। यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन्।
एक्सचेन्ज पार्टनर धधध.बचपयकतयचभ.अयm (आर्कोस्टोर) द्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टीभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ। १६ पुष, २०८१ सम्म मान्य रहने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्यभरि उपलब्ध गराइएको छ।
FACEBOOK COMMENTS