काठमाडौँ । नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर “दिन दिनै दशैं” ल्याएको छ । यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ ।
यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउनेछ ।
सहभागी हुन, ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सेरियल नम्बर टाइप गरी सामसङ स्पेस सेरियल नम्बर लेखेर ३५००१ मा मेसेज पठाउनुपर्नेछ ।
प्रत्येक दिन, एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर रु. १ लाख पाउनेछन् भने अन्य १० जना विजेताले रु. १०,००० को शपिङ भौचर प्राप्त गर्नेछन् ।
यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउनेछन् ।
यी शपिङ भौचरहरूलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बनेको छ ।
एमएक्स सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितका अनुसार, “दिन दिनै दशैं” मार्फत सामसङले हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।
यो अफरले दशैंको महत्वलाई आत्मासाथ गर्नुका साथै, सामसङको प्रयोगकर्ताको जीवनलाई अझ समृद्ध बनाउन योगदान पुर्याउनेछ ।
ग्राहकले ८३०६३ डायल गरेर सजिलै सेरियल नम्बर पत्ता लगाउन सक्नेछन । मेसेज पठाएपछि तुरुन्तै दर्ता भएको सन्देश प्राप्त हुनेछ ।
यो अफर सामसङका आधिकारिक विक्रेता र ईकमर्स प्लेटफर्ममार्फत नेपालभर उपलब्ध छ ।
यस अभियानमार्फत सामसङले आफ्ना ग्राहकलाई हरेक चाडपर्वमा अमूल्य अनुभव दिलाउने परम्परा निरन्तरता यो वर्ष पनि दिएको छ ।
FACEBOOK COMMENTS