काठमाडौं । सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट-लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।
ठूला लोडहरूका लागि पूर्ण रूपमा उपयुक्त रहेको ९ केजी बिस्पोक फ्रन्ट-लोड वाशिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको दाबी गरेको छ ।
कम्पनीका अनुसार एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधिहरू प्रस्तुत गर्दै यी वाशिङ मेसिनहरूद्वारा लुगा धुने कामलाई काम जस्तो नलाग्ने बनाउने लक्ष्य राखिएको छ ।
सुपर स्पिड टेक्नोलोजीले जेटलाई लुगा धुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वाश साइकललाई ३९ मिनेटसम्ममा पूरा गर्दछ । र, हाइजिन स्टिमले ९९.९ प्रतिशत ब्याक्टेरिया र एलर्जीहरू हटाउने कम्पनीको दाबी छ ।
यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउनका लागि एआई एनर्जी मोड पनि समावेश छ ।
डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटी) ले यी वाशिङ मेसिनहरूमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथ शान्त, ऊर्जा–दक्ष कार्यसम्पादन सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ ।
यो वाशिङ मेसिन दुई मोडलमा उपलब्ध छ । सामसङको नयाँ ९ केजी फ्रन्ट-लोड वाशिङ मेसिनहरूको मूल्य १ लाख १ हजार ९९० रूपैयाँबाट सुरू हुन्छ । प्रिमियम लन्ड्री सलुसनहरू पहुँचभित्र ल्याउँदै सामसङले २० प्रतिशतसम्म क्यासब्याकका साथ स्पेशल अफर उपलब्ध गराएको छ ।
यी उपकरणहरू ० प्रतिशत ब्याज ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्समार्फत खरिद गर्न सजिलो बनाइएको छ ।
FACEBOOK COMMENTS