काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एम३६ फाइभजी’ सार्वजनिक गरेको छ ।
एआईमा आधारित फिचर, ५० मेगापिक्सेलको क्यामेरा र शक्तिशाली ब्याट्रीसहित उपलब्ध फोनको सुरुवाती मूल्य ३६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो फोन दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ४१ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यो फोन ‘भेल्भेट ब्ल्याक’ र ‘सेरिन ग्रीन’ रङमा देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुनेछ ।
फोनमा ‘सर्कल टु सर्च’ जस्ता एआईमा आधारित सुविधा समावेश छन् । यसमा ६.७ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ, जसमा १२० हर्जको रिफ्रेस रेट र ‘भिजन बुस्टर’ प्रविधि छ । फोनको डिस्प्लेलाई कोर्निङ गोरिल्ला ग्लास भिक्टस प्लसले सुरक्षा दिने कम्पनीले जनाएको छ ।
फोटोग्राफीका लागि फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप छ । यसले कम प्रकाशमा पनि स्थिर भिडिओ र स्पष्ट तस्बिर खिच्न सक्ने सामसङको दाबी छ । फोनको अगाडि र पछाडि दुवै क्यामेराबाट फोरके (फोरके) भिडिओ रेकर्डिङ गर्न सकिन्छ ।
FACEBOOK COMMENTS