काठमाडौं । सामसङ नेपालले ग्राहकका ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको छ, जसअन्तर्गत पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा अपग्रेड गर्न सक्नेछन् ।
यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस अभियानअन्तर्गत ग्राहकले जीरो प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको इएमआई पाउनेछन् ।
ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले निम्न निश्चित छुट सुविधा पनि उपलब्ध गराएको छ :

| मोडेल | निश्चित छुट | एक्सचेन्ज बोनस |
| S26 Ultra | रु. १०,००० | रु. ८,००० |
| S26+ | रु. २३,००० | रु. ८,००० |
| S26 | रु. १०,००० | रु. ८,००० |
| A57 | रु. ५,००० | रु. ५,००० |
| A37 | रु. ५,००० | रु. ५,००० |
