काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने काठमाडौं जिल्ला अदालतले गरेको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन् ।
जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्याएर ८ वर्षको जेल सजाय सुनाएको थियो ।
उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् । आजै निवेदन दर्ता गर्न उनी कानून व्यवसायीसहित पुगेका हुन् । उनी पुनरावेदनको फैसला नआउञ्जेल जेल बस्नुपर्ने छैन ।
FACEBOOK COMMENTS