काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
नाबालिकालाई बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । लामिछानेले नाबालिकालाई जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो ।
FACEBOOK COMMENTS