काठमाडौं । सानिमा बैंकका ग्राहकले सीजी मोबाइल खरिदमा छुट पाउने भएका छन् ।
बैंकका ग्राहकले डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सीजी मोबाइल खरिदको क्रममा विशेष छुट पाउने छन् ।
यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा सानिमा बैंकका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ ।
नोथिङ तथा सीएमएफ ब्रान्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म छुट साथै इयरबड तथा अन्य एक्सेसरीजको खरिद गर्दा ग्राहकले ९ प्रतिशतसम्म छुट पाउनेछन् ।
यसैगरी सानिमा बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी ईएमआई सुविधा पनि प्राप्त गर्न सक्ने बताइएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा पनि उपलब्ध गराइएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS