काठमाडौं । सिम्रिक एयरको हेलिकोप्टरमार्फत धार्मिक पर्यटकीय क्षेत्र रसुवाको गोसाइँकुण्ड जाँदा साविकको शुल्कमा १२ हजार ५०० रुपैयाँ छूट पाइने भएको छ ।
कुमारी बैंकको २१औं वार्षिकोत्सवको अवसरमा यो छूट सुविधा प्राप्त हुने भएको हो । बैंकका अनुसार सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहकहरूले यो छूट सुविधा प्राप्त गर्ने छन् ।
यो छूटको मौका भोलिदेखि १ महिनासम्म लागू हुने छ । कुमारी बैंक भोलिदेखि २०औं वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गर्दै छ । सो अवसरमा बैंकले आफ्ना ग्राहकका लागि गोसाइँकुण्ड जानेलगायत विभिन्न अफरहरू घोषणा गरेको छ ।
बैंकले जारी गरेको विज्ञप्ति अनुसार डेबिट र क्रेडिट कार्डको प्रयोगमा २ हजार १०० रुपैयाँसम्मको क्यासब्याक, मोबाइल टपअप वा क्यूआर भुक्तानीमा २१० रुपैयाँसम्मको क्यासब्याक र लक्की–ड्रमार्फत एक जना भाग्यशाली ग्राहकलाई दुबई भ्रमणको अवसर पाउने छन् ।
१) डेबिट र क्रेडिट कार्डको हकमा – बैंकको वार्षिक उत्सवका अवसरमा चैत्र २० गते कुमारी बैंक लिमिटेडको कार्ड मार्फत POS अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा रू. २,१०० सम्म Cash-Back प्रदान गरिनेछ । यो सुविधा ATM बाट पैसा झिक्दा लागू हुनेछैन ।
२) पहिलो पटक Mobile Top Up वा पहिलो QR भुक्तानी गर्दा– बैंकको वार्षिक उत्सवका अवसरमा Kumari Smart Mobile Banking app प्रयोग गरी पहिलो पटक Mobile Top-Up गर्दा वा चैत्र २० गतेको दिन पहिलो QR भुक्तानी गर्दा अधिकतममा रू. २१० सम्मको क्यासब्याक प्राप्त हुनेछ ।
३) हेलिकप्टर मार्फत गोसाइँकुण्ड जाने –कुमारी बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर (सिम्रिक एयर) मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्च भन्दा रू. १२,५०० छुट प्रदान गरिनेछ । यो छुटको प्रावाधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिनेछ ।
४) लक्की-ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण- बैंकको वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र Kumari Smart मार्फत QR Payment, Fund Transfer अथवा Mobile Top-up गर्दा लक्की-ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुनेछ । लक्की-ड्र मार्फत छानिएका विजेताले तीन महिनाभित्रमा यस योजनाको उपभोग गर्नुपर्नेछ साथै विजेताले आफुसँग थप एकजना लाई भ्रमण्मा लिएर जान सक्नेछन ।
FACEBOOK COMMENTS