काठमाडौं । सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना ल्याएको छ ।
यस योजना अनुसार दशैंं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआरमार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छुट पाउनेछन् ।
यो योजना असोज १६ देखि २२ गते र कात्तक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम। संचालनमा रहेका छन् ।
FACEBOOK COMMENTS