काठमाडौं । सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्य सीईओमा नियुक्त भएका छन् ।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट आचार्यलाई चारवर्षे कार्यकालका निम्ति प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
उनको सीईओको कार्यकाल आउँदो माघ १२ गतेदेखि सुरु हुने बैंकले जनाएको छ । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गतेदेखि सकिँदै छ ।
FACEBOOK COMMENTS