काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले पहिलो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ ३२ गते विहान ११ बजे, अमृतभोग, कालिकास्थान काठमाडौंमा सभा बोलाएको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, साविकको सानिमा जनरल इन्स्योरेन्स र साविकको जनरल इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सानको हिसाव किताव, नगद प्रवाह विवरण सहित एनएफआरएस बमोजिमको वितरण विवरण माथि छलफल गरी पारित गर्नेछ ।
यस्तै सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।
सभाले कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम सञ्चालक समितिको प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन गर्नको लागि कम्पनीको नियमावली संशोधन गर्ने विषेश प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा सहभागि हुन सक्नेछन् ।
FACEBOOK COMMENTS