काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले आगामी बार्षिक साधारण सभा प्रयोजनका लागि पुस ९ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कामय रहेको सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् भने सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने जनाएको छ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । यस्तै अन्य समान उद्देश्य भएका कम्पनीसँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
FACEBOOK COMMENTS