काठमाडौं । अमेरिकी हसयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता नेपालको प्रतिनिधिसभाबाट पारित भएको छ ।
व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका हुन् ।
प्रतिनिधि सभाको आज आइतबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणामाथि छलफल गरी पारित गरिएको हो ।
लामो समयदेखि दलीय स्वार्थमा रुमलिएकाका कारण करीब खारेज हुने अवस्थामा पुगेको एमसीसी अन्ततः संसदबाट पारित गराउने प्रधानमन्त्री शेरबहादुर देउवा सफल भएका छन् ।
सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि त्यसलाई जोगाउनका लागि १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ नाम दिएर परियोजना पारित गरिएको हो ।
परियोजनाअन्तर्गत एमसीसीले ५० करोड अमेरिकी डलरबराबर अनुदान नेपाललाई दिनेछ भने नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने छ ।
व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुँदै (LIVE)
FACEBOOK COMMENTS