काठमाडौं । सभामुख डोल प्रसाद अर्याल (डीपी) र उपसभामुख रुवी कुमारी ठाकुरको अनुपस्थितिमा संसद बैठकको अध्यक्षता गर्ने सांसदहरूको सूची सार्वजनिक भएको छ ।
प्रतिनिधि सभाको जारी बैठकमा सभामुख डीपी अर्यालले सो भूमिकाको लागि मनोनीत सात जना सांसदको नाम बाचन गरी जानकारी दिएका हुन् ।
जस अनुसार सांसदहरू कामिनी कुमारी, गंगा लक्ष्मी अवाल, ताहीर अली भाट, पूर्ण प्रसाद लिम्बु, बलावती शर्मा, मिङ्मा ग्याबु शेर्पा र यज्ञ बहादुर बोगटीलाई मनोनयन गरिएको सभामुख डीपी अर्यालले जानकारी दिए ।