काठमाडौं । नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३२ कम्पनिका एक करोड ४ लाख ३९ हजार ४३२ कित्ता शेयर ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी फस्र्ट माइक्रो फाइनान्स लाघुवित्तको शेयरमा १४.१९ प्रतिशतको वृद्धि भएको छ भकुमारी धनबृद्धि योजनाको शेयर ११.३७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी त्रिशुली जलविद्युतको शेयर २.८७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २१ करोड ११ लाखको कारोबार भएको छ भने नेशनल हाइड्रोको १७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
