काठमाडौं । सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीमा दिउँसो करिब २ बजे दुर्घटना भएको हो । भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोटमा १४ जना सवार थिए । दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली परिचालन गरिएको छ ।
बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।