काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबारमा आएदेखि निरन्तर सकारात्मक सर्किट लागि रहेको कम्पनीको शेयरमा आज भने पहिरो गएको हो ।
आज आइतबार यो समाचार तयार पार्दै गर्दा (१२ बजेर ४५ मिनेट) प्रतिकित्ता शेयर भाउ ९.९९ प्रतिशत घटेर ९७४ रुपैयाँ ५० पैसा कायम भएको छ ।
चैत ६ गतेदेखि कारोबारमा आएको सर्वोत्तमको ५५६ रुपैयाँमा पहिलो कारोबार सुरु भएको थियो । त्यसयताका दिन भाउ ९६ प्रतिशतसम्म बढेर १०८३ रुपैयाँसम्म पुगेको थियो । अहिले सोही विन्दुबाट तल फर्किएको छ ।
आज यसको २ लाख ८२ हजार कित्ता भन्दा धेरैको कारोबार भइसकेको छ । यो समाचार तयार पार्दै गर्दा कुल २८ करोड २४ लाख रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भइसकेको छ ।
FACEBOOK COMMENTS