काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोजेको बताएका छन् ।
शनिबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले सर्लाही– ४ बाट उम्मेदवार बनेको बारे स्पष्ट पार्दै काठमाडौँ–४ मा सहज अवस्था छोडेर सर्लाही– ४ गएको बताए ।
उनले काठमाडौं वा सर्लाहीबाट उम्मेदवार बन्ने विषयमा चर्चा भइरहँदा अन्य दलहरूले काठमाडौंमा उम्मेदवार समेत नछानेको बताउदै काठमाडौं आफ्नो लागि धेरै सहज निर्वाचन क्षेत्र भएको उल्लेख गरे ।
सभापति थापाले आफु राष्ट्रिय नेता बन्नको लागि सिंगो राष्ट्रलाई आफूभित्र समेट्न सक्नुपर्ने बताउदै मधेश बुझनको लागि आफू सर्लाही झरेको र सर्लाहीबाट सम्पूर्ण मधेस बुझ्ने प्रयास गर्ने बताए ।
थापाले काठमाडौं–४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आफू जीवनभर ऋणी रहेको उल्लेख गर्दै यस क्षेत्रको सेवामा पनि आफू सधैं समर्पित रहने बताए ।

वारेसमार्फत सर्लाही–४ मा मनोनयन दर्ता गरेका थापा आज सर्लाही–४ मा पुगेर आफ्नो चुनावी अभियान शुरु गरेका छन् ।

FACEBOOK COMMENTS