काठमाडौं । स्कटल्याण्डले अमेरिकालाई ३२२ रनको विशाल लक्ष्य दिएको छ ।
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत टियु क्रिकेट मैदानमा जारी सिरिज अन्तर्गतको खेलमा स्कटल्याण्डले टस हारेर पहिला ब्याटिंग गर्दै ४७ ओभरमा ६ विकेट गुमाएर ३२१ रन बनाएको हो । बर्षाले प्रभावित हुदा यो खेल ४७ ओभरमा खेलाइएको छ ।
स्कटल्याण्डल्यान का लागि फिनले म्याकक्रीथले सर्बाधिक ७७ रन बनाए भने म्याथ्यु क्रसले ५८ र ब्राण्डम म्याकुलेनले ५५ रन बनाएका थिए । त्यस्तै अमेरिकी बलर सौरभ नेत्राभल्कर र जसदीप सिंहले २–२ विकेट लिएका थिए ।