काठमाडौं । आगामी साताबाट सुरु हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शृंखलाका लागि स्कटल्यान्डको टोली घोषणा भएको छ ।
स्कटल्यान्ड क्रिकेट बोर्डले रिची बेरिङ्टनको कप्तानीमा नेपाल र अमेरिकासँगको शृंखलाका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
शृंखला वैशाख २९ देखि जेठ ८ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । स्कटल्यान्डले वैशाख २९ मा नेपालसँग खैल्दै शृंखलाको सुरुआत गर्नेछ ।
शृंखलामा २८ खेलबाट ३४ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । अमेरिका २४ खेलबाट ३६ अंकका साथ शीर्ष स्थानमा छ ।
नेपाल २४ खेल खेल्दै १८ अंक जोडेर सातौँ स्थानमा छ ।

स्कटल्यान्डको टोली
रिची बेरिंग्टन (कप्तान), म्याथ्यु क्रस, ब्राडली करी, ज्यास्पर डेभिडसन, ओलिभर डेभिडसन, माइकल इंग्लिस, ओवेन गोल्ड, ज्याक जार्विस, ओली जोन्स, माइकल लिस्क, फिन्ले म्याकक्रिएथ, ब्रान्डन म्याकमुलन ,जर्ज मुन्से, सफ्यान शरीफ, मार्क वाट
