काठमाडौं । नेपाल धितोपत्र बोर्डले ९० रुपैयाँ भन्दा कम नेटवर्थ भएका १४ वटा कम्पनीलाई आईपीओको पाइपलाइनबाट हटाएको छ ।
धितोपत्र बोर्डले सानिमा हाइड्रोपावर, रिचेट जलविद्युत कम्पनी, बेनी हाइड्रोपावर प्रोजेक्ट, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडल कम्पनी, पुवा खोला–वन हाइड्रोपावर लिमिटेडलाई आईपीओको सूचीबाट हटाएको जनाएको छ ।
बोर्डले एपेक्स होस्पिटालिटी लिमिटेड, अर्चिड होल्डिङ्स, अन्नपूर्ण केबलकार, ठमेल प्लाजा होटल एण्ड सुइट्स, एक्कर्ड फर्मास्युटिकल्स, सोपान फर्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन नेटवर्क र प्रभु हेलिकोप्टर कम्पनीलाई सूचीबाट हटाएको जनाएको छ । यी कम्पनीले नेटवर्थ ९० भन्दा बढी भएपछि आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS